खेलकुद पत्रकार र खेलकुद विकास मञ्चबीच मैत्रीपुर्ण खेल सम्पन्न
काठमाडाैं | भदौ ९, २०८०
पोखरा: खेलकुद विकास मञ्च पोखरा र खेलकुद पत्रकार मञ्च गण्डकीबीच मैत्रीपूर्ण फुटबल खेल सम्पन्न भएको छ । पोखरा रंगशालास्थित फुटबल मैदानमा शनिबार विहान मैत्रीपुर्ण प्रतियोगिता सम्पन्न भएको हो ।
प्रतियोगितामा खेलकुद विकास मञ्चले खेलकुद पत्रकार मञ्च गण्डकीलाई ६-३ गोलअन्तरले हराउँदै विजयी भयो ।
मैत्रीपुर्ण खेलको समापनमा बोल्दै कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष तोरण बानियाँले आफुहरुले जिल्लाको नेतृत्व गर्न पाएपनि अधिकार भने निकै सिमित रहेको बताए ।
उनले पछिल्लो समय कास्कीको फुटबल खेल सस्कदै गएको र युवा खेलाडीहरुले खेलकुदपत्रकारसँग मैत्रीपूर्ण खेल खेल्दै खेलकुदको विकास आवश्यक रहेको सन्देश दिएको बताए ।
‘हिजो कास्कीको फुटबलको स्तर कहाँ थियो र आज कहाँ छ त्यो सबैलाई थाहा भएकै कुरा हो । हिजोका दिनसम्म राष्ट्रिय टिममा कास्कीको खेलाडी नपरेको समय नै हुनेथिएन तर आज कास्कीका खेलाडी राष्ट्रिय टिममा पर्नै छाडे यो फुटबलमा मात्र होइन अन्य खेलमा समेत समस्या छ’ उनले भने, ‘हामीले जिम्मेवारी त पाएका छौ तर अधिकार पाएका छैनौं । आज रंगशालाको उपभोग गर्न प¥यो भने राष्ट्रिय खेलकुद परिषदको अनुमति चाहिन्छ । हाम्रै आगनमा समेत हामीले केहि गर्न पाउँदैनौ खाली समिति बनाएर मात्रै खेलकुदको विकास हुँदैन ।’
उनका अनुसार गण्डकीको खेलकुदमा निकै अस्तव्यस्त रहेको छ । यस्तै गण्डकी प्रदेश फुटबल संघका उपाध्यक्ष मिलन गुरुङले फुटबल खेलका लागि गण्डकी प्रदेश फुटबल संघ सधैं साथ र सहयोग गर्न तयार रहेको बताए ।
नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष दिनानाथ बरालले मैत्रीपूर्ण खेलले दुई संस्थालाई जोड्ने काम गरेको सुनाए । उनले अरबौ रुपैयाँमा बनेको रंगशालाको उपयोग खासै नभएकोमा चिन्ता व्यक्त गरे । पोखरामा अन्तर्राष्ट्रिय स्तरको पुर्वाधार निर्माण भएपनि स्तरीय प्रतियोगिता भने खासे नभएको सुनाए । खेलकुद विकास मञ्चका अध्यक्ष विक्रम थापाले खेलकुदको विकासका लागि मञ्चको स्थापना भएको सुनाए । उनले हरेक वर्ष खेलकुद पत्रकारहरुसँग मैत्रीपुर्ण खेल खेल्दै दुई संस्थाबीच सम्बन्ध गास्ने सुनाए ।
फुटसल प्रतियोगिताको आयव्यय सार्वजनिक
यस्तै खेलकुद विकास मञ्चले असार २९ र ३० गते आयोजना गरेको स्व।याम (राम) बहादुर थापा स्मृति फाइभ ए साइड फुटसल प्रतियोगिताको आयव्यय समेत सार्वजानिक गरेको छ । संस्थाकी उपाध्यक्ष अञ्जली भुषालले प्रतियोगिताबाट कुल एक लाख ४० हजार आम्दानी भएको छ भने दुई लाख रुपैयाँ खर्च भएको जानकारी दिइन् ।
प्रतियोगितामा टिम दर्तामार्फात ८० हजार, सहयोगमार्फत ६० हजार रुपैयाँ उठेको हो । प्रतियोगिताबाट ६० हजार रुपैयाँ घाटा भएको उनले बताइन् ।
गृहमन्त्री सुदन गुरुङले पदबाट राजीनामा दिएका छन् । २०८२ चैत १३ गतेदेखि गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका गुरुङले पछिल्लो समय नागरिक स्तरबाट आफ्नो शेयरलगायतका विषयमा उठेका प्रश्न र जनचासोलाई...
पोखरा । ओझेलमा परेको पातिखोला गुफाको प्रचारप्रसार तथा प्रवद्र्धन गर्ने उद्देश्यसहित श्रीमद् भागवत महापुराण सप्ताह ज्ञान महायज्ञको आयोजना हुने भएको छ । पातिखोला गुफा संरक्षण समितिको...
पोखरा: कास्कीको अन्नपूर्ण गाउँपालिका १०÷११ स्थित घान्द्रुक पर्यटन व्यवस्थापन समितिको अध्यक्षमा विक्रम गुरुङ सर्वसम्मत निर्वाचित भएका छन् । घान्द्रुकमा सोमबार भएको घान्द्रुक पर्यटन व्यवस्थापन समिति घान्द्रु...

